पोखरामा कालिका बोर्डिङकाे बस दुर्घटना-३ को मृत्यु, १४ घाइते

-



     सफल आवाज    
     असाेज २३ गते २०८३ मा प्रकाशित



पोखरा, २३ असाेज । पोखरामा आज बिहान कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा २ बिद्यार्थी सहित ३ जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते छन्।

गण्डकी प्रदेशका डिआइजि दिपेन्द्र जिशिका अनुसार २ बिद्यार्थी र एक गाडि स्टाफको मृत्यु भएको हो । अन्य सबै घाइतेलाई उद्धार गरेर अस्पताल पठाउने काम भैरहेको छ ।

पोखरा नगरपालिका वडा नम्बर २८ स्थित बिजयपुर सैनिक ब्यारेकबाट केहि उत्तर तर्फको बाटो स्कुल बस जादै गर्दा दुर्घटना भएको जिशिले बताए ।

ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो । बस भिरबाट करिब डेढ सय मिटर तल खसेको हो । थप विवरण आउन बाँकि छ ।