एमाले पोमनपा वडा कमिटी-५ को शुभकामना आदान-प्रदान सम्पन्न

-



     सफल आवाज    
     असाेज २५ गते २०८३ मा प्रकाशित



पाेखरा, २५ असाेज । नेपालीहरूको महान् पर्व विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको पूर्वसन्ध्यामा नेकपा (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ को आयोजनामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

रबिन्द्र स्मृति बाटिकामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय नेता राजिब पाहारि, प्रदेश कमिटी का सदस्य अन्जु के.सि, जिल्ला अध्यक्ष बैन बहादुर क्षेत्रि, महानगर कमिटी अध्यक्ष जीवन आचार्य, वडा कमिटी-५ का इन्चार्ज उज्वल खत्रि लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा स्थानिय कार्यकर्ता, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरू, शुभेच्छुक, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली समाजका मौलिक पर्वहरूले आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र आत्मीयता थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना आदान–प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ का अध्यक्ष लक्ष्मण बरालले चाडपर्व नेपाली समाजको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले स्थानीयस्तरमा विकास, सामाजिक सेवा र जनहितका गतिविधिलाई प्राथमिकतामा राख्दै पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरूबीच आत्मीय वातावरणमा शुभकामना आदान–प्रदान तथा चियापान गरिएको थियो।