
काठमाडौं, २६ असाेज । दसैँको समयमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकामा ग्यास वितरण केन्द्रको संख्या थप गरिएको छ।
पहिलो दिन आइतबार ६ स्थानबाट मात्र वितरण गर्दा उपभोक्ताको अत्यधिक चाप र माग बढेपछि नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको समन्वयमा सोमबारदेखि थप ५ स्थान थपेर कुल ११ केन्द्रबाट ग्यास साट्ने व्यवस्था मिलाइएको छ।
नयाँ व्यवस्था अनुसार उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर तोकिएको केन्द्रमा उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्। फरक कम्पनीको सिलिन्डर साटेबापत उपभोक्ताले कुनै थप शुल्क तिर्नु नपर्ने ग्यास उद्योग संघले स्पष्ट पारेको छ। यो सुविधा तोकिएका ११ विशेष बिक्री केन्द्रहरूमा मात्र लागू हुनेछ।
कुन-कुन स्थानमा उपलब्ध छ कुन ग्यास ?
सोमबारदेखि थपिएका ५ स्थान:
१, चपली, बुढानीलकण्ठ: भानु ग्यास
२, हरिसिद्धि, ललितपुर: नेपाल र एचपी ग्यास
३, कलङ्की: गीता ग्यास
४, खसीबजार (आरके ट्रेडर्स): सीताश्री ग्यास
५, सन्तुगल: श्रीमाया ग्यास
यसअघि आइतबारदेखि सञ्चालनमा रहेका ६ स्थान:
६. हरिसिद्धि, ललितपुर: श्रीराम ग्यास
७. कलङ्की: साइबाबा र श्रीकृष्ण ग्यास
8. सुकेधारा: बाबा र श्री ग्यास
9. बालाजु औद्योगिक क्षेत्र (गेट अगाडि): नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास
१०. पेप्सीकोला: सगर ग्यास
११. सिफलचौर (ग्यास एन्ड अक्सिजन ट्रेडर्स): एभरेस्ट र सुगम ग्यास
वितरण समय र बिक्री परिमाण
ग्यास साटफेर गर्ने यो विशेष व्यवस्था आगामी असोज ३० गतेसम्म दैनिक बिहान ११:०० बजेदेखि अपराह्न ४:३० बजेसम्म सञ्चालन हुनेछ। यसअघि संघले असोज ३१ गतेसम्म बिहान ९:३० बजेदेखि बिक्री गर्ने तालिका सार्वजनिक गरेको भए पनि समयमा केही संशोधन गरिएको हो।
यसैबीच, आइतबार वितरणको पहिलो दिन उपत्यकाका ६ केन्द्रबाट विभिन्न कम्पनीका कुल ३ हजार ७५ सिलिन्डर ग्यास बिक्री भइसकेको नेपाल एलपी ग्यास उद्योग संघले जानकारी दिएको छ।








काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध…
पोखरा, ७ मंसिर। विश्व लगानीकर्ता सप्ताह (World Investor Week) को अवसर पारेर प्रिमियर सेक्युरिटिज र…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




