
पाँचथर, २८ असोज। पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न भएपछि ३६० जनाभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् । याङवरक पोखरीमा मुहान रहेको योजनाबाट जोरधारा, थर्पू बजारलगायत क्षेत्रका ८० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।
योजना सम्पन्न भएसँगै ३६५ जना लाभान्वित भएको याङवरक गाउँपालिकाले जनाएको छ । सो योजना सङ्घीय सरकारको रु ७६ लाख ७५ हजार विशेष अनुदानमा सम्पन्न भएको हो । गत असारमा सम्पन्न भएको योजनाको मङ्गलबार गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले उद्घाटन गर्नुभयो ।
याङवरक गाउँपालिकाको केन्द्र रहेको क्षेत्रमा खानेपानीको सहज व्यवस्था मिलाई स्थानीयवासीलाई आयआर्जनका क्षेत्रमा लाग्न, होटल व्यवसाय सञ्चालनका लागि प्रयास गरिएको अध्यक्ष योङ्याले बताउनुभयो । याङवरक–४ जोरधाराका सहरनन्द योङहाङले व्यवस्थित खानेपानी योजना सञ्चालनमा आएपछि होटल व्यवसायको विस्तार हुने अपेक्षा गरिएको बताउनुभयो ।
याङवरक गाउँपालिकाको केन्द्र रहेको यसै स्थानमा ऐतिहासिक याङवरक पोखरी, थर्पुनागी प्रहरी चौकीलगायत मानिसको बाक्लो उपस्थिति हुने स्थान तथा निकाय रहेका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




