
काठमाडाैं, २८ असाेज । भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीका कारण समस्यामा परेका ऋणीले बैंकको किस्ता तिर्न थप ३ महिनाको समय पाएका छन् । नेपाल राष्ट्र बैंकले प्राकृतिक प्रकोपबाट प्रभावितहरूको वित्तीय समस्यालाई मध्यनजर गर्दै असोज मसान्तभित्र बुझाउनुपर्ने साँवा र ब्याजको म्याद पुस मसान्तसम्म तिर्न मिल्ने ब्यवस्था गरेकाे हो।
केन्द्रीय बैंकको यो सुबिधा विशेषगरी भदौ १० मा रसुवाको भोटेकोशी र हालै गोरखाको बूढीगण्डकी क्षेत्रमा आएको बाढीबाट क्षति व्यहोरेका परियोजना तथा उद्यमीहरूले पाउनेछन्। बाढीकै कारण रसुवा भन्सार नाका अवरुद्ध हुँदा कच्चा पदार्थ तथा तयारी वस्तुको आयात–निर्यात रोकिन गई व्यापार ठप्प भएका ऋणीहरूलाई पनि यसले ठूलो राहत दिनेछ ।
यो सुविधा प्रभावित क्षेत्रका सबै ऋणीले भने पाउने छैनन् । बैंक तथा वित्तीय संस्थाहरूले ऋणीको वर्तमान आम्दानी, नगद प्रवाह, मौज्दात र व्यवसायमा परेको वास्तविक क्षतिको सूक्ष्म मूल्यांकन गर्नेछन । उक्त विश्लेषणबाट ऋणीले साँच्चिकै किस्ता तिर्न नसक्ने अवस्था देखिएमा मात्र राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ बमोजिम म्याद थप गरिने केन्द्रीय बैंकले जनाएको छ ।








पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




