
बेइजिङ, २८ असोज । चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर लामो यालु नदी सडक पुल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । सन् २०१४ मै निर्माण सम्पन्न भएको पुल १२ वर्षपछि खुल्न लागेको हो । यसबाट दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ ।
चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार चार लेनको पुलले चीनको सीमावर्ती सहर डान्दोङलाई उत्तर कोरियासँग जोड्नेछ । उत्तर कोरियातर्फ सडक र भन्सार पूर्वाधारको अभावका कारण यसको सञ्चालनमा ढिलाइ भएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा प्रमुख कूटनीतिक, आर्थिक र राजनीतिक सहयोगी हो ।
महामारीका बेला बन्द भएका दुई देशबीचका रेल सेवा छ वर्षपछि गत मार्चमा पुनः सञ्चालनमा आएको थियो । नयाँ पुलले सीमित क्षमता भएको दशकौँ पुरानो चीन–कोरिया मैत्री पुलको विकल्पका रूपमा काम गर्नेछ । अनुसन्धानकर्ता आन चान–इलका अनुसार नयाँ पुलबाट दैनिक सयौँ सवारीसाधन आवतजावत गर्न सक्नेछन् ।
यसले चीनका वस्तु तथा स्रोतसाधन उत्तर कोरिया पु¥याई त्यहाँको अर्थतन्त्रलाई टेवा दिन सक्ने उहाँले बताउनुभयो । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले पुल सञ्चालनको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । उत्तर कोरियाले भने चिनियाँ पर्यटकका लागि भिसा जारी गर्न सुरु गरेको छैन ।
उत्तर कोरिया र रुसबीच पहिलो सडक पुल सञ्चालनमा आएको एक महिनापछि चीनसँगको यो पुल खुल्न लागेको हो । विश्लेषकहरूका अनुसार रुससँगको व्यापारमा सैन्य सामग्रीको भूमिका प्रमुख रहे पनि चीनसँगको व्यापारले उत्तर कोरियाको नागरिक अर्थतन्त्र विकास गर्न आवश्यक वस्तु उपलब्ध गराउन सक्छ ।








काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध…
पोखरा, ७ मंसिर। विश्व लगानीकर्ता सप्ताह (World Investor Week) को अवसर पारेर प्रिमियर सेक्युरिटिज र…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




