सुन र चाँदीको मूल्यमा उच्च गिरावट

-



     सफल आवाज    
     असाेज २८ गते २०८३ मा प्रकाशित



काठमाडौं, २८ असोज । स्थानीय बजारमा आज बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँ र चाँदीको मूल्य रु १०० ले घटेको हो।

महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८९ हजार ५०० कायम भएको छ।

यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० मा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घट्यो

सुनसँगै सेतो धातु चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदीको मूल्य प्रतितोला रु १०० ले घटेर रु चार हजार २५५ कायम भएको छ।

अघिल्लो दिन अर्थात् मङ्गलबार चाँदी प्रतितोला रु चार हजार ३५५ मा खरिदबिक्री भएको थियो।