
काठमाडौं, ३० असाेज। चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा देशको अर्थतन्त्रका बाह्य सूचकहरू निकै उत्साहजनक देखिएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स), विदेशी विनिमय सञ्चिति, चालु खाता र शोधनान्तर स्थितिले सकारात्मक रेकर्ड बनाएका हुन्। यस अवधिमा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) मा भने सामान्य चाप देखिएको छ।
नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई रु. ४३६ अर्ब ३६ करोड पुगेको छ। अमेरिकी डलरमा गणना गर्दा यस्तो आप्रवाह १३.५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड डलर पुगेको छ। चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै रु. २२१ अर्ब ३१ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ।
वैदेशिक रोजगारीतर्फ जाने नेपालीको क्रम पनि निरन्तर जारी रहेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ७८,३२० पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ५२,१६३ रहेको केन्द्रीय बैंकले जनाएको छ।
रेमिट्यान्समा भएको उच्च वृद्धिसँगै विदेशी विनिमय सञ्चिति र शोधनान्तर बचत थप सुदृढ भई मुलुकको बाह्य क्षेत्र बलियो स्थितिमा पुगेको प्रतिवेदनले देखाएको छ।








काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय… 




