एनआइएमबि एस क्यापिटलद्वारा लाभांश घोषणा, कात्तिक २० गते साधारणसभा

-



     सफल आवाज    
     असाेज ३० गते २०८३ मा प्रकाशित



काठमाडौं, ३० असाेज । एनआइएमबि एस क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। क्यापिटलको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीहरूले प्राप्त गर्नेछन्।

आगामी कात्तिक २० गते १४ औँ वार्षिक साधारणसभा

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक २० गते शुक्रबारका दिन १४ औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौँको लाजिम्पाटस्थित कम्पनीको सभाहलमा बिहान ११:३० बजे सुरु हुनेछ।

साधारणसभामा कम्पनीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेस गरिनेछ।

अन्य प्रस्तावहरू

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ।

यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत खर्च गरिएको अनुदान रकमलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पनि सभामा पेस गरिने जनाइएको छ।