
काठमाडौं, ३१ असाेज। लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रही सञ्चालनमा आइरहेको खुलामुखी (Open-ended) म्युचुअल फण्ड योजना ‘शुभ लक्ष्मी कोष’को अधिकृत आकार वृद्धि भएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले असोज १९ गते कोषको आकार साविकको १ अर्ब रूपैयाँबाट बढाएर ३ अर्ब रूपैयाँ कायम गर्न स्वीकृति प्रदान गरेको हो।
यसअघि मिति २०८२/०७/२५ मा शुभ लक्ष्मी कोषको आकार ५० करोड रूपैयाँ रहेकोमा नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रूपैयाँका लागि स्वीकृति प्राप्त भएको थियो। कम्पनीले एक वर्षको छोटो अवधिमै बढेको रकम करिब पूर्ण रूपमा इकाइधनीहरूबाट संकलन गरी सफलतापूर्वक बाँडफाँड गर्न सफल भएको जनाएको छ।
कोषको आकार ३ अर्ब रूपैयाँ पुगेसँगै थप नयाँ लगानीकर्ताहरूलाई यस योजनामा सहभागी गराउन ठूलो सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ।
‘Systematic Withdrawal Plan (SWP)’ सुविधा सञ्चालनमा
साथै, शुभ लक्ष्मी कोषले इकाइधनीहरूको सुविधालाई ध्यानमा राख्दै Systematic Withdrawal Plan (SWP) सुविधा समेत सञ्चालनमा ल्याएको छ।
यस सुविधाअन्तर्गत इकाइधनीहरूले आफ्नो लगानीबाट तोकिएको निश्चित समय अन्तरालमा आफूलाई आवश्यक पर्ने रकम योजनाबद्ध र नियमित रूपमा झिक्न वा फिर्ता लिन सक्नेछन्। खास गरी लगानीबाट नियमित आम्दानी प्राप्त गर्न चाहने तथा आफ्नो पुँजीलाई व्यवस्थित रूपमा उपयोग गर्न इच्छुक लगानीकर्ताहरूका लागि यो सुविधा अत्यन्तै उपयोगी हुने कम्पनीको भनाइ छ।
नियमित रूपमा (SIP मार्फत) लगानी गर्न चाहने र आवश्यकता अनुसार योजनाबद्ध रूपमा नियमित रकम प्राप्त गर्न चाहने दुवै थरी लगानीकर्ताहरूका लागि ‘शुभ लक्ष्मी कोष’ एक आकर्षक र सुरक्षित लगानीको विकल्पका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




