
लमजुङ, ३१ असोज। जिल्लाका पसगाउँ, सिङ्दीलगायतका बस्ती तथा राइनास नगरपालिकाको एउटा गाउँमा राष्ट्रिय प्रसारण लाइनको व्यवस्था नहुँदा ती स्थानका सर्वसाधारण लघुजलविद्युत्मा निर्भर भएका छन् । लघुजलविद्युत् आयोजनाको उत्पादन घटेका बेला बिजुली आपूर्ति पनि कम हुने गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीका अनुसार राइनास नगरपालिकाको एउटा गाउँका करिब २० घर तथा क्व्होलासोथार गाउँपालिकाका पसगाउँ, सिङ्दीलगायतका बस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तार हुन बाँकी छ । हालसम्म जिल्लामा ४४ हजार घरमा विद्युत् सेवा पुगेको छ ।
सिङ्दी गाउँमा करिब २२० देखि २२५ घर रहे पनि लघु जलविद्युत् आयोजनाको उत्पादन घट्दा आपूर्तिमा समस्या हुने गरेको छ । विगतमा ४० किलोवाट विद्युत् उत्पादन हुने गरेकामा हाल अधिकतम २५ किलोवाट मात्र उत्पादन भइरहेको छ । उत्पादन घटेपछि दैनिक चार घण्टा विद्युत् आपूर्ति बन्द हुने गरेको छ ।
क्व्होलासोथार गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङले गाउँपालिकाभित्रका विभिन्न बस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि पटकपटक पहल गरिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




