
दमौली (तनहुँ), ५ कात्तिक । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित हुने चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ।
आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने पुलहरूको पुनःस्थापना तथा पुनर्निर्माणका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच औपचारिक ठेक्का सम्झौता भइसकेको छ।
उक्त ठेक्का सम्झौता रकम करबाहेक रु १६ करोड ९७ हजार ३८ रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। भण्डारीका अनुसार जलाशयबाट प्रभावित हुने पुलमध्ये स्थानीयवासीसँगको व्यापक परामर्शमा उपयुक्त स्थान छनोट गरी चारवटा नयाँ झोलुङ्गे पुल पुनर्निर्माण गर्न लागिएको हो। पुल निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीहरूसमेत निर्माण स्थलमा आपूर्ति भइसकेको छ।
चार स्थानमा बन्नेछन् नयाँ पुल
आयोजनाअन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवा गरी चार स्थानमा झोलुङ्गे पुल निर्माण गरिनेछ। जलाशयका कारण पुराना पुलहरू डुबान वा पहुँचबाहिर पर्ने भएपछि स्थानीय बासिन्दाको दैनिक आवतजावतलाई सहज बनाउन उपयुक्त स्थानमा नयाँ पुल पुनःस्थापना गर्न लागिएको हो।
प्रभावित बस्तीका बासिन्दालाई दैनिक आवागमन तथा सेवा सुविधामा पहुँच पुर्याउन कुनै समस्या नहोस् भन्ने उद्देश्यले पुल पुनर्निर्माणलाई उच्च प्राथमिकता दिइएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो।
सम्झौताअनुसार चारवटै झोलुङ्गे पुलको निर्माण कार्य २०८५ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




