
काठमाडौं, १८ कार्तिक। पूर्व नेपाल प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारको नेतृत्व आफैँ सम्हाल्न आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको शैलीप्रति कडा आपत्ति जनाउँदै खरेलले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिनुभएको हो।

खरेलले दुई तिहाइको जनादेश र ‘जेनजी’ विद्रोहपछिको जनसमर्थनको दुरुपयोग भइरहेको आरोप लगाउनुभएको छ।
बिचौलिया राखेर राज्यका शक्तिशाली संरचनाहरूलाई पंगु बनाउने खेल भइरहेको उल्लेख गर्दै उहाँले फागुन २१ को चुनावपछि बालेन सत्तामा आउँदा लोकतन्त्र बलियो हुने आशा गरिए पनि हाल निरंकुश प्रवृत्ति र बालहठ हाबी भएको टिप्पणी गर्नुभएको छ।
रास्वपा सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै उहाँले लेख्नुभएको छ, “रविजी, पार्टी मात्रै होइन, यो गिरोहलाई हटाएर सरकार पनि आफैँ सम्हाल्नुपर्ने अवस्था आइसक्यो।” साथै, उहाँले ‘जेनजी’ युवाहरूलाई पनि सरकार र सरकार प्रमुखलाई जवाफदेही बनाउनका लागि आवाज उठाउन आह्वान गर्नुभएको छ।
यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाप्रति भइरहेको कारबाही वा घेराबन्दीलाई उहाँले बालुवाटारबाट रचिएको “विशालकाय नाटक” को संज्ञा दिनुभएको छ। सरकारलाई प्रश्न गरेकै आधारमा प्रतिपक्षको आवाज दबाउन खोज्नु लोकतन्त्रमाथिको प्रहार भएको उहाँको भनाइ छ।
सामाजिक सञ्जालको भीड परिचालन र ‘डिजिटल ट्रायल’बाट नभई राजनीतिक विवादको निरूपण प्रमाण र कानुनी प्रक्रियाबाट हुनुपर्नेमा जोड दिँदै खरेलले “बालेन, दिस इज नट डन” (Balen, this is not done) भन्दै आफ्नो भनाइ टुङ्ग्याउनुभएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




