
काठमाडौं, १९ कात्तिक । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध न्यायिक उपचारका लागि सर्वोच्च अदालत पुगेका छन्।
मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने र उनको ठाउँमा डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णय गैरकानुनी र स्वेच्छाचारी रहेको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्।
कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरका अनुसार सरकारको निर्णय बदर गरी आईजीपी पदमै पुनर्वहालीको माग गर्दै रिट पेस गरिएको छ। उक्त रिट निवेदन हाल सर्वोच्च अदालतमा दर्ता प्रक्रियामा रहेको छ।
यसैबीच, सरकारको निर्णयअनुसार नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको कमान्ड सम्हाल्दै आफ्नो जिम्मेवारी थालिसकेका छन्।
अदालतले रिट दर्ता गरी पेसी तोकेपछि यस मुद्दामाथि प्रारम्भिक सुनुवाइ अघि बढ्नेछ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




