
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा भएको उच्चस्तरीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमार्फत विकास, ऊर्जा, पूर्वाधार, रेलमार्ग, व्यापार तथा प्रविधिसहितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने घोषणा गरिएको हो ।
उक्त रकममध्ये ५६ अर्ब विपद्पछिको पुनःनिर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि अनुदान स्वरूप र १ खर्ब ८४ अर्ब ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋण सुविधाका रूपमा उपलब्ध गराइने छ । सहायताअन्तर्गत सञ्चालन हुने परियोजना र कार्यान्वयनको प्रक्रिया दुवै देशबीचको आपसी परामर्शबाट टुङ्गो लगाइने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
भारतका प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो । नेपालमा हाल सञ्चालन भइरहेका विकास परियोजना, उच्च प्रभाव सामुदायिक विकास परियोजना तथा राष्ट्रिय प्रहरी प्रतिष्ठान निर्माणमा भएको प्रगतिप्रति दुवै प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गरेका छन् । भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणा पनि गरिएको छ ।








काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




