
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको छ । युवापुस्तामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंकका पारखीहरुले एउटै ब्रान्डमा एक्स्ट्रिम इनर्जीका साथै थप ५ फरक स्वादको मज्जा लिन पाउने भएका छन् । कम्पनीले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै पाँच नयाँ फ्लेभर बजारमा ल्याएको हो ।
फरक स्वादसँगै आकर्षक नामले पनि यी नयाँ फ्लेभरलाई विशेष बनाएका छन् । ग्रिन एप्पलको स्वाद मन पराउनेका लागि ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वाद रुचाउनेका लागि ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वाद खोज्नेका लागि ‘ट्रपिकल पञ्च’ ल्याइएको छ ।
त्यस्तै, रास्पबेरी स्वादका पारखीका लागि ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि बजारमा आएको छ । यी पाँच नयाँ फ्लेभरसँगै एक्स्ट्रिमले उपभोक्तालाई आफ्नो रुचिअनुसार स्वाद रोज्ने थप विकल्प दिएको छ । फरक स्वाद, आकर्षक नाम र विविध रोजाइको संयोजनले नयाँ उत्पादनलाई उपभोक्तामाझ थप रुचिकर बनाउने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार उपभोक्ताको स्वादलाई अझ रोमाञ्चक बनाउने उद्देश्यले नयाँ फ्लेभर ल्याइएको हो । पाँच फरक फरक स्वादका ड्रिङ्कहरुको बिक्री वितरणसमेत सुरु भइसकेको छ ।
उपभोक्ताको रुचि र माग समयसँगै बदलिँदै गएको अवस्थामा एक्स्ट्रिमले पनि आफ्नो उत्पादनको दायरा फराकिलो बनाएको हो । कम्पनीले स्वादमा विविधता थप्दै उपभोक्ताको बदलिँदो रोजाइलाई भविष्यमा पनि सम्बोधन गर्ने लक्ष्य राखेको छ ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न… 



