काठमाडौं, ११ चैत । कोभिड–१९ को बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्दै यसपटकको होली घरमै सावधानीपूर्वक मनाउन काठमाडौं उपत्यकामा रहेका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कार्वाही गर्ने चेतावनी समेत दिएका छन् । चैत १५ र १६ गते परेको होली पर्व घरमै मनाउन समेत आग्रह गरिएको छ । काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न समेत प्रशासनको आग्रह छ ।
बुधबार बसेको डीसीसीएमसी ललितपुरको बैठकले कोरोना संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सोसिएल डिस्टेन्स लगायतका मापदण्ड पालना गर्न कडाई गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । प्रशासनले राति ११ बजेदेखि रात्रिकालीन व्यवसाय संचालनमा रोक लगाउने निर्णय गरेको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरले अर्को सूचना जारी नभएसम्म मेला, जात्रा, सांस्कृतिक कार्यक्रमहरु नगर्न पनि निर्देशन दिएको छ । संक्रमणलाई मध्यनजर गरी पहिले संचालनमा आएका क्वारेन्टिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने निर्णय पनि उनीहरुले गरेका छन् । कोभिड–१९ विरुद्ध स्वास्थ्य सुरक्षा अपनाउन सेनिटाइजर, मास्क र सामाजिक दूरी कडाइका साथ पालना गर्ने निर्णय पनि प्रशासनले गरेका छन् । सरकारले ठिक १ वर्षअघि आजकै दिन देशभर लकडाउन आह्वान गरेको थियो ।










पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




