फिलिपको शताब्दी चुम्ने आशा अधुरै, बेलायत र विश्व समुदायद्वारा उच्च प्रशंसा

-



     दिलीप शर्मा    
     चैत्र २७ गते २०७७ मा प्रकाशित



काठमाडौं, २७ चैत । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको शुक्रबार निधन भएको छ । शोकको यस घडीमा विश्व समुदायले उनलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गरेकाेमा स्मरण गरेका छन् ।

बेलायतकी महारानीसँग सात दशकभन्दा लामो बैबाहिक जीवनसँगै विताएका राजकुमार फिलिपले पछिल्ला केही वर्ष यता उमेरका कारण राजपरिवार सदस्यका रूपमा औपचारिक जिम्मेवारीहरूलाई हेर्न छोडिदिएका थिए । उनको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले शुक्रबार नै घोषणा गरेको छ । उनको निधनपछि उनलाई विश्व नेताहरूले बेलायत र विश्वका लागि उनको योगदानको स्मरण गरेका छन् ।

यसै क्रममा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले उनको ‘असाधारण जीवन र काम’ लाई स्मरण गरे । उनले भने,‘ड्यूक अफ एडिनबर्ग’ ले स्वदेश (कमनवेल्थ) तथा विदेशमा विभिन्न पुस्ताको माया पाएका छन् । उनले रोयल नेभी र बेलायतको इतिहाँसमा नै लामो समय दशकौँसम्म राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेकी महारानीका एलिजावेथ द्वितीयको पतिका रूपमा विश्वभरबाट माया पाएका छन् ।

बेलायती प्रधानमन्त्री जोनसनले सामाजिक सञ्जालमार्फत् सम्प्रेषण गरेको शोक सन्देशमा भनिएको छ, “राजकुमार फिलिपले आफ्नो जीवनकालभरी बेलायत र विश्वका लागि गरेको योगदानलाई स्मरण गर्दै उहाँप्रति सम्मान व्यक्त गर्दछु । साथै यस शोकको घडीमा महारानी एलिजावेथ तथा बेलायती राजपरिवारप्रति समवेदना व्यक्त गर्दछु ।”

यसैगरी उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, आयरल्याण्डका प्रधानमन्त्री मिखाएल मार्टिन, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलगायतका नेताहरूले दुःख व्यक्त गरेका छन्र ।

राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनातिपनातिनीहरू छन्।