
पोखरा, २८ साउन । मुस्ताङमा एक बालकले कार्बुरेटर चुस्दा ज्यान गुमाएका छन् ।
धनुषा वतेश्वर गाउँपालिका वडा १ घर भइ हाल मुस्ताङ घरपझोङ गाउँपालिका ३, जोमसोमस्थित त्रिशूला मोटरसाइकल वर्कसप संचालन गर्दै आएका किरण थापाको १७ महिनाको छोरा कृष्णले कार्बुरेटर चुसेर बिरामी भएकोमा उपचार क्रममा ज्यान गुमाएका हुन् ।
उनको उपचारक्रममा जोखम अस्पतालमा बुधबार बिहान १० बजे मृत्यु भएको प्रहरीले जनायो ।
कार्बुरेटर विशेषगरी मोटरसाइकलमा प्रयोग हुने गर्दछ ।
त्यस्तै, बागलुङ ढोरपाटन ८ बिजौलीका वर्ष ५७ का गोरे सुनारले भुजी खोला तर्नेक्रममा बुधबार ज्यान गुमाएका छन् ।
घटनाको अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।








बनेपा (काभ्रे), ८ मङ्सिर। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको…
काठमाडौं, ८ मङ्सिर। प्रतिनिधिसभाका विभिन्न समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति,…
काठमाडौं, ८ मंसिर । सोल्टी होटल लिमिटेड (SHL) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई… 




