पद्म नर्सिङ होमको साधारण सभा सम्पन्न

-



     सफल आवाज    
     वैशाख ११ गते २०७८ मा प्रकाशित



पोखरा, ११ बैशाख । पद्म नर्सिङ होम प्रा लि को साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । संस्थाको २२औं, २३औं, २४औं र २५औं साधारण सभा सिटी स्क्वायरको सभा हलमा सम्पन्न भएको हो ।

सभामा पद्म नर्सिङ होमका कार्यवाहक अध्यक्ष तथा प्रवन्ध निर्देशक डा. यज्ञमान शाक्यले कम्पनीको आ.व. २०७३ -७४ देखि २०७६-७७ सम्मको वर्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सो प्रतिवेदन सर्वसम्मतले परित भएको थियो ।

सभाले आ.व. २०७७-७८ को लागि कम्पनीको लेखापरीक्षकमा एल.भट्टराई एण्ड एशोसियट्सका लिला भट्टराईलाई नियुक्त गरेको बताइएको छ । पोखराको न्यूरोडमा रहेको पद्म नर्सिङ होमले २४ घण्टा इर्मजेन्सी सेवा सहित बिशेषज्ञबाट सबै प्रकारका रोगको उपचार सेवा प्रदान गरिरहेको छ ।