
काठमाडाैं, १६ बैशाख । नेपालमै अन्तर्राष्ट्रियस्तरको आइभीएफ उपचार गर्न स्थापित संस्था ‘वात्सल्य’ ले हालसम्म करिब १५ सय दम्पतीलाई आईभीएफमार्फत् सन्तान प्राप्तिको खुसी दिन सफल भएको छ।
३ देखि १५ वर्षसम्म सन्तान प्राप्तिका लागि प्रयास गर्दा पनि सफल नभएर उपचारका लागि भौतारिएका परिवारहरुलाई आधुनिक उपचारका लागि विदेश नै जानुपर्ने बाध्यता अन्त्य गर्न र नेपालमै सेवा दिन वात्सल्य स्थापना गरेको संस्थाकी कार्यकारी निर्देशक सृष्टि खड्काले बताइन्।
४ वर्षअगाडि स्थापित वात्सल्यले छोटो समयमै करिब १५ सय आईभीएफ, ३ सय आईयूआई र ४५० प्राकृतिक गर्भधारण गराउन सफल भएको र यहाँ अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवाको अनुभव भएका चिकित्सक उपलब्ध भएको उनले बताइन्।
यहाँ नेपाल, पाकिस्तान, हङकङ, जापान,अमेरिका, अस्ट्रेलिया जस्तामुलुकमा बस्ने विभिन्न दम्पतीले सफल उपचार गराइसकेको जनाइएको छ।
निःसन्तानसम्बन्धी कारण पहिचान र उपचार, आईभीएफ, आईयूआई, वीर्य जाँच, डिम्ब र शुक्राणु भ्रुणको फ्रिजिङ, प्रसूति पूर्वको सम्पूर्ण जाँच, बालरोग उपचार सेवाजस्ता गर्भधारणसँग सम्बन्धित सेवा प्रदान गर्दै आएको छ। क्लिनिकको सेवा नारायणचौर नक्सालका साथै बीटीएस चोक नेपालगन्जबाट पनि प्राप्त गर्न सकिने संस्थाले जनाएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




