
पोखरा, १८ वैशाख । पोखराको चरक मेमोरियल हस्पिटलले अस्पतालको बारेमा अनर्गल तथा झुठा प्रचारबाजी नगर्न आग्रह गरेको छ ।
पछिल्लो समय संस्थालाई कमजोर र बद्नाम गर्ने नियतका साथ विभिन्न संचारमाध्यम, पत्रपत्रिका तथा सामाजिक संजालमा केही व्यक्तिले अनर्गल तथा झुठा प्रचारबाजी गरेकोमा ध्यानाकर्षण भएको जनाउँदै अस्पतालले शनिबार विज्ञप्ति जारी गरी त्यस्तो आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘चरक मेमोरियल हस्पिटल गण्डकी प्रदेश क्षेत्रमा स्थापना भई स्वास्थ्य क्षेत्रमा विशेषज्ञ चिकित्सकद्धारा विशेषज्ञ सेवा प्रदान गर्ने हस्पिटल हो । हस्पिटलले कोरोना भाइरस महामारीमा समेत विशिष्टीकृत सेवा संचालन गरी आएको छ ।’
साथै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हस्पिटलले कुनै पनि वर्ग, क्षेत्र, जातजाति, धर्म तथा राजनीतिक विचारधाराको आधारमा विभेदकारी स्वास्थ्य सेवा प्रवाह गर्ने कार्य गरेको छैन र भविष्यमा समेत गर्ने छैन । हस्पिटललाई बद्नाम गर्ने, अनर्गल तथा झुठा प्रचारबाजी गर्ने कार्य नगर्न नगराउनु हुन यसै विज्ञप्तिद्धारा सबैमा हार्दिक अनुरोध गर्दछौं ।’ अस्पतालका व्यबस्थापक प्रदीप शर्माद्धारा जारी भएको विज्ञप्तिमा भनिएको छ ।
गण्डकी प्रदेशसभामा गत वैशाख १५ गते मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे मत विभाजन सुरु हुनै लाग्दा जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको भन्दै एक्कासी संसद स्थगित गरिएको थियो । अघिल्लो दिनको स्वाब परीक्षण रिपोर्टमा नेगेटिभ आएको भनिएका उनै सांसद शाही कोरोना लागेर अस्पतालको कोभिड वार्डमा भेटिएको खबर बाहिरिएसँगै सो घटनामा सत्तापक्ष र अस्पतालको हात हुन सक्ने आशंका गरिएको थियो ।
तर शुक्रबार सांसद शाहीले आफू साँच्चिकै बिरामी भएको र आफ्नो पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत स्पष्ट पारिसकेका छन् ।
गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध विपक्षी दलहरुले गत वैशाख २ मा जनमोर्चाको अलिखित र अन्य दलको लिखित सहमतिमा २८ सदस्यले भावी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली अघि सार्दै अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




