पत्रकार महासंघ कास्कीले बाँड्यो पत्रकारलाई स्वास्थ्य सामाग्री

-



     सफल आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित



पोखरा, २१ वैशाख । नेपाल पत्रकार महासंघ कास्कीले सोमबार पत्रकार महासंघ सदस्यलाई स्वास्थ्य सामाग्री तथा परिचयपत्र वितरण गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस अवसर पारेर आयोजित कार्यक्रममा कोभिड–१९ का कारण अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारले जोखिम मोलेर काम गर्नुपर्ने भएकोले सुरक्षाको लागि सेनिटाइजर र मास्क करिब २ सय पत्रकारलाई दिइएको थियो ।

स्वास्थ्य सामाग्री र परिचयपत्र पाउन छुटेका पत्रकारहरुले पत्रकार महासंघकै कार्यालयबाट अनुकुल समयमा लिन सक्ने महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले बताइन् ।

उनले दिवस अवसरमा राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र संचारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिइ पत्रकारिताको विकासका लागि कर्म गर्ने प्रेरणा मिलोस्, स्वतन्त्रता पक्षधर सबैलाई हार्दिक शुभकामना व्यक्त गरिन् ।

नेलम्वो नेपालले पत्रकार महासंघ कास्कीलाई उक्त स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो।
महासंघ कास्की सचिव माधव बरालले पत्रकारको सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य सामाग्री वितरण गरिएको र फिल्डमा काम गर्न असहज नहोस् भनी पत्रकार परिचयपत्र वितरण गरिएको बताए ।

पत्रकार महासंघ कास्कीमा ३ सय १२ सदस्य छन् ।