नेता खनाल सङ्क्रमणमुक्त

-



     सफल आवाज    
     वैशाख २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ सङ्क्रमणमुक्त भएको हो । उनका स्वकीय सचिव कृष्ण भट्टराईले पिसिआर परीक्षण गर्दा सङ्क्रमण नदेखिएको बताए ।

उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहने छन् । सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।