कोरोनाले एकै दिन २२५ को निधन

-



     सफल आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ वैशाख । नेपालमा मंगलबार कोरोना भाइरुस सङ्क्रमणबाट २ सय २५ को निधन भएको छ । याे सङ्क्रमित सङ्ख्या एकै दिनमा भेटिनेमा सबभन्दा बढी हो । योसंँगै नेपालमा अहिलेसम्म चार हजार ८४ कोरोनाबाट बितेका छन् ।

यस्तै पाँच सयभन्दा भन्दा बढी सङ्क्रमण भएका जिल्ला ३० पुगेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, बारा,महोत्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी-बर्दघाट सुस्तापश्चिम, सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडी छन् ।

निको हुने दर ७५.५ प्रतिशत
मंगलबार देशभरि कोभिड–१९ का नौ हजार ४८३ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पिसिआर र ७२० एन्टिजेन परीक्षणमा नौ हजार ४८३ सङ्क्रमित पुष्टि भएको हो । योसँगै नेपालमा चार लाख १३ हजार १११ सङ्क्रमित छन् ।
यस्तै सङ्क्रमित निको भई पाँच हजार २२५ घर फर्किएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन । नेपालमा निको हुने दर ७५.५ प्रतिशत छ ।

आइसियुमा १,०८४ र भेन्टिलेरमा २९०
सङ्क्रमितमध्ये एक हजार ८४ सघन उपचार कक्ष र २९० जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा १२७, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ५२९, गण्डकीमा ८२, लुम्बिनीमा १६०, कर्णालीमा १०२ र सुदूररपश्चिममा २४ जना आइसियुमा छन् ।
यस्तै प्रदेश नंं १ मा २९, प्रदेश नं २ मा ३७, वाग्मतीमा १८४, गण्डकीमा ११, लुम्बिनीमा १३, कर्णालीमा आठ र सुदूररपश्चिममा आठ जना भेन्टिलेटरमा छन् ।