नेपालमा थप १ सय ८७ जनाको मृत्यु, ८१६७ संक्रमित थपिए

-



     सफल आवाज    
     जेठ १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ जेठ । नेपालमा गएको २४ घण्टामा १ सय ८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित देशभर हालसम्म कुल मृतकको संख्या चार हजार ८५६ पुगेको छ ।

यसैगरी, शनिबार ८ हजार १ सय ६७ जना संक्रमित थपिए । पिसिआर परीक्षणमा ८ हजार ४६ जनामा र एन्जिेटन परीक्षणमा १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ७१ जनाको पिसिआर तथा ५ सय ७७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार १ सय ६७ जना संक्रमित थपिँदा कुल संक्रमित संख्या ४ लाख ७७ हजार ४ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ । कोरोना निको दर ७४ दशमलव ४ प्रतिशत छ ।