गण्डकीमा थप १४ संक्रमितको मृत्यु

-



     सफल आवाज    
     जेठ १ गते २०७८ मा प्रकाशित



पोखरा, १ जेठ । गण्डकी प्रदेशमा शनिबार थप १४ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित प्रदेशभर हालसम्म कुल मृतकको संख्या ३ सय ५५ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा ७ सय ७० संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित संख्या २७ हजार नाघेको छ । सक्रिय संक्रमित ७ हजार ७ सय १५ जना छन् । होम आइसोलेसनमा ७ हजार ६ सय २ जना बसिरहेका छन् ।

गएको २४ घण्टामा ३ सय जना निको भइ घर फर्के । निको हुनेको संख्या १९ हजार नाघेको छ ।
कास्कीमा शनिबार १ सय ६८ जना थपिँदा सक्रिय संक्रमित संख्या ३ हजार ४ सय ९२ पुगेको छ ।