समर्पण लायन्सकाे सहयोगमा नेपाल भारत मैत्री-अस्पतालमा निर्मित १५ शैयाको काेभिड एचडियु वार्ड संचालनमा

-



     सफल आवाज    
     जेठ ६ गते २०७८ मा प्रकाशित



काठमाडाैं, ६ जेठ । सामाजिक सेवामा अग्रणी लायन्स क्लब अफ काठमाडाैं समर्पणको सहयोगमा निर्मित १५ सैयाको काेभिड एचडियु वार्ड आजदेखि संचाललनमा अाएकाे छ । मित्रपार्क स्थित नेपाल भारत मैत्री-अस्पतालमा १५ शैयाको उक्त काेभिड एचडियु वार्ड संचालनमा अाएकाे हाे ।

लायन्स क्लब अफ काठमान्डौ समर्पणले दुईवटा हाईफ्लो मेशिन र ६ वटा बाईप्याप् मेशिन कोभिड बिरामीहरुका लागि निशुल्क रुपमा सेवा दिन नेपाल भारत मैत्री अस्पताललाई प्रदान गरेको लायन्स क्लब अफ काठमाडाैं समर्पणका अध्यक्ष दीपक बंसलले जानकारी दिएका छन ।

कोभिड १९ को दोस्रो लहरले नेपालमा पनि निकै कठिन अवस्था सृजना गरेको अहिलेको अवस्थामा अझै आवश्यकता अनुसार जीवन रक्ष्यक उपकरणहरु उक्त वार्डमा उपलब्ध गराउने लायन्स क्लब अफ काठमान्डौ समर्पणका उपाधक्ष्य लभेन्द्र सिंह मल्ल र सचिब अखिल अग्रवालले बताए ।

अहिलेको संकटपूर्ण घडीमा हामी सबैले आ–आफ्नो स्थानबाट कोभिडसँग लड्न एकजुट हुन आह्वान गर्दै लायन्स क्लब अफ काठमान्डौ समर्पणसँग सहकार्य गरेर अझै नयाँ कोभिड वार्ड खोल्ने तयारी समेत भईरहेको अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले जानकारी दिएका छन ।