७८९० जना निको, १७७ को मृत्यु

-



     सफल आवाज    
     जेठ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ जेठ । नेपालमा पछिल्लो २४ घन्टामा ७ हजार ८ सय ९० कोरोना संक्रमित निको भएका छन। शुक्रवार सो संख्यामा संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै हालसम्म मुलुकभर कोरोना निको हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ जना पुगेको छ । मुलुकमा हार १ लाख १६ हजार १ सय ९२ कोरोना संक्रमित रहेका छन ।

पछिल्लो २४ घन्टामा मुलुकभर ८ हजार ६ सय ७ जना नयाँ संक्रमित थपिए ।

२३ हजार २ सय २६ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पाइएको मन्त्रालयले जनाएको छ । मुलुकभर कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

गएको २४ घन्टामा १ सय ७७ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ ।