नेपालमा कोरोनाबाट एकैदिन ७ हजार ६ सय भन्दा बढी निको

-



     सफल आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ६६४ जना नागरिक कोरोनामुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको दर ७६.३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसबाट धेरैमा सकारात्मक सन्देश प्रबाह भएकाे छ ।

देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ र ९३१ एन्टिजेन परीक्षण गर्दा ३१६ जनामा संक्रमण देखिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ७ हजार ९१४ जना संक्रमित थपिएका छन् । कोरोनाबाट थप १९३ जनाको मृत्यु भएको छ ।