अबकाे १ महिनासम्ममा कोरोना संक्रमण घट्दै जाने स्वास्थ्यमन्त्री त्रिपाठीकाे भनाइ

-



     सफल आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको दरमा कमी नआएकाेले सबैलाइ साबधानी अपनाउन आग्रह गरेका छन । अबकाे १ महिनासम्ममा कोरोना संक्रमण घट्दै जाने स्वास्थ्यमन्त्री त्रिपाठीकाे भनाई छ ।

सोमबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै मन्त्री त्रिपाठीले नागरिकको आवतजावत नियन्त्रणमा नआएको र केही सेवाहरू सुचारु रहेकाले संक्रमणदरमा अपेक्षाकृत नियन्त्रणमा आउन नसकेको बताएका छन ।

याे संक्रमण अबकाे १ महिनासम्ममा क्रमश घट्दै जानसक्ने बिज्ञहरूले बताएकाे भन्दै सबैले ताेकिएकाे मापदण्डलाई लागु गर्न मन्त्री त्रिपाठीलेआग्रह गरे ।