पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पोखरा लेडी जेसीजकाे स्वास्थ्य सामग्री सहयाेग

-



     सफल आवाज    
     जेठ ११ गते २०७८ मा प्रकाशित



पाेखरा, ११ जेठ । पोखरा लेडी जेसीजले फ्रन्ट लाइनमा रही उच्च जोखिमका साथ कार्य गर्दै आएका पश्चिमान्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स तथा अन्य सदस्यहरुलाई १५ थान री युजएबल पिपिइ, १० लिटर सेनिटाईगर, ५० थान अक्सिजन मास्क लगायत अन्य सामग्री वितरण गरेको छ।

पोखरा लेडी जेसीजकाे आयोजनामा लायन्स क्लव अफ पाेखरा गण्डकी प्रदेशकाे सहकार्यमा उक्त स्वास्थ्य सामाग्री बितरण गरिएको हो ।

यस्तो महामारीको समयमा मानविय सेवामा सदैव अग्रसर भइरहेकाे पोखरा लेडी जेसीजले यसअघी पोखरा महानगरपालिका वरपर रहेका कोभिड अस्पतालमा अक्सिजन प्लान्ट लगायतका अन्य ठाउँमा खाधान्न सहयोग गर्दैै आएको थियाे ।

मानवीय सेवामा सबैको ध्यान पुग्नुपर्ने अवस्था आएकाेले यस्ता कार्यमा जुट्न सबैलाई आग्रह गर्दै पोखरा लेडी जेसीजकी अध्यक्ष बिनिता सापकाेटाले यस प्रकारका कार्यमा सहयोगमा जोडिने सहयोगी मनलाई धन्यबाद दिइन । कार्यक्रमलाई जेसी बिनिता सुवेदीले संयोजन गरेकी थिइन्।