चीनले नेपाललाई १० लाख डोज खोप उपलव्ध गराउने

-



     सफल आवाज    
     जेठ १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ जेठ । छिमेकी देश चीनले नेपालको कोरोना भाइरस विरुद्धको रोकथाम तथा नियन्त्रणको अभियानमा सघाउन १० लाख डोज खोप अनुदान दिने भएकाे छ ।

खोपका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपलव्धताका लागि चिनिया समकक्षि राष्ट्रपति सी जीनपिङसंग टेलिफाेनमा कुराकानी गरेपछि राष्ट्रपति सी ले नेपालको लागि १० लाख डोज खोप उपलव्ध गराउने घोषणा गरेका हुन ।

यसका बारेमा नेपालका लागि चिनिया राजदूत होउ यान्छीले ट्वीट गर्दै राष्ट्राध्यक्ष सी ले खोप उपलव्ध गराउने घोषणा गरेको जानकारी दिएकी हुन । पहिले पनि चीनले नेपाललाई ८ लाख डोज खोप उपलव्ध गराएको थियो ।