
काठमाडौं, १४ जेठ । कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाईंका लागि भन्दै बेलायत सरकारले, नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
बेलायतले सहयोग गरेको २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्डलगायत स्वास्थ्य सामग्री शुक्रबार बिहान त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल ल्याइएको हो ।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिट स्वास्थ्य सामग्री लिएर नेपाल आएकी हुन् । उनले विमानस्थलमै स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई सहयोग सामग्री हस्तान्तरण गरेकी छन् ।
आफुहरुले सहयोग गरेको स्वास्थ्य सामग्रीले कोरोना संक्रमितको प्रभावकारी उपचार गर्न केहि सहयोग पुग्ने विश्वास बेलायत सरकारको रहेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटको भनाइ छ ।
चार्टर उडानबाट च्यारिटी संस्था नेपाल मेड यूकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको छ ।
यसैबीच फिनल्याण्डले सहयोग गरेको मेडिकल सामग्री पनि आजै बिहान काठमाडौं आइपुगेको छ । नेपालका लागि फिनल्याण्डका राजदुत पेरर्टीअन्टिटेनले नेपाल आइपुगेको सामग्री स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हप्तान्तरण गरेका छन् ।
फिनल्याण्डले नेपाललाई साढे ३ लाख एफएफपी टू मास्क, एक लाख के एन नाइन्टीफाइफ मास्क, २ लाख ३२ हजार ५ सय ग्लोभ्स्, ३० हजार गाउन, २४ लाख ९८ हजार फेस मास्क र ३ लाख ५० हजार फेससिल्ड पठाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




