शेयर बजार आज ओरालो यात्रामा,१० उपसमूह राताम्मै

-



     सफल आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ जेठ । साताको तेश्रो दिन मंगलबार आज पनि शेयर बजारको यात्रा ओरालोतिर लागेको छ । सोमबार पनि एक बाहेक बाँकी सबै उपसमुहरु राताम्मै भएका थिए । कारोबार रकम पनि अघिल्लो दिनको भन्दा ४ अर्बले घटेको थियो ।

आज मंगलबार पनि तीन उपसमूहबाहेक बाँकी १० वटै उपसमूह राताम्मै भएका छन् अर्थात उनीहरु सबैको शेयर घटेको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ । आज अघिल्ला दिनको भन्दा ५ अर्बले कारोबारमा कमि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नप्से) का अनुसार नेप्से परिसूचक १३.३४ अंकले घटेर २७६९.४९ विन्दुमा पुगेको छ । नेप्सेमा ०.४८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.६९ अंकले घटेर ४९६.८६ विन्दुमा पुगेर रोकिएको छ ।

आज २१६ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ९७ लाख ६७ हजार ९५५ कित्ता शेयरको कारोबारबाट ८ अर्ब ५८ करोड ८५ लाख २८ हजार ७४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज राताम्मै भएका अर्थात शेयर घटेका उपसमूहहरुमा बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, नीर्जिवन बीमा, उत्पादन, फाइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूह रहेका छन् । आज विकास बैंक, फाइनान्स र अन्य उपसमूहहरुको शेयर बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको ५६ करोड ८७ लाख ३५ हजार ३२७ रुपैयाँ बराबरकाे काराेबार भएकाे छ ।