
काठमडौं, १९ जेठ। कोरोना भाइरस (कोभिड-१९) संक्रमितमा औषधि प्रतिरोधी डरलाग्दो ब्ल्याक फङ्गस (कालो ढुसी) को संक्रमण देखिन थालेको छ। क्यान्डिडा अरिस नामक ढुसीले संक्रमितलाई थप समस्या पार्ने गरेको चिकित्सकले बताएका छन्। सुरुवाती दिनमा भारतमा देखिएको यो समस्या विस्तारै नेपालमासमेत देखिन थालेको छ।
चिकित्सकका अनुसार यो ढुसी विश्वभरका क्रिटिकल केयर युनिटमा फेला पर्ने सूक्ष्मजीव हो। यसको संक्रमण भएपछि ७० प्रतिशत मृत्युदर हुने अनुमान गरिएको छ।
यो ढुसीले कोरोना बिरामीका आँखा बिगार्ने घातक काम गरेको अनुसन्धानबाट देखिएको छ ।भारतमा कोरोनाको दोस्रो लहर चल्दै गर्दा यो ढुसीको समस्या देखिएको त्यहाँका चिकित्सकले जनाएका छन्। मुम्बईमा कार्यरत संक्रामक रोग विशेषत्र डा. ओम श्रीवास्तले बीबीसीसँग भनेका छन्, ‘दोस्रो लहरका संक्रमितमा यो ढुसीको समस्या देखिएको छ।’
यो ढुसीको संक्रमणले नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कलाई असर गर्ने बताइएको छ। भारतमा मात्र अहिलेसम्म झन्डै १२ हजारमा यो संक्रमण पुक्ष्टि भएको छ। संक्रमण देएिका मध्ये दुई सय बढीको मृत्यु भएको खबरम उल्लेख छ।
भारतमा विशेष गरेर आईसीयूमा १० दिनसम्म बसेका बिरामीमा यो समस्या देखिन थालेको छ।
सुरुमा ढुसीले मुखमा संक्रमण गर्ने र विस्तारै फोक्सोमा असर गरेर प्राणघातक बन्ने बताइएको छ। रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा त्यस्ता ढुसीले शरीरमा प्रवेश गर्न नसक्ने तर कोभिड बिरामीको छाला, रक्तनली र श्वासनलीको सतहमा क्षति पुगेपछि यसले आक्रमण गर्ने देखिएको छ।
नेपालमा पनि कालो ढुसीको संक्रमण
केही दिन अघि नेपालमा समेत यो ढुसीको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो। भारतसँग सीमा जोडिएको वीरगञ्जमा यो ढुसीको संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको छ। वीरगन्जको नारायणी अस्पतालमा उपचाररत पाँच जनालाई भारत पठाइएको हो।
कालो ढुसी संक्रमणको उपचार नेपालमा सम्भव नभएकाले भारत पठाइएको त्यहाँका चिकित्सकले बताएका छन्।
नेपालमा पहिलो पटक एक महिनाअघि वीरगन्जको एक अस्पतालमा उपचाररत ६५ वर्षीया महिलामा ढुसीको समस्या देखिएको छ। त्यसपछि क्रमश यो ढुसीको असर देखिन थालेको नारायणी अस्पतालमा कार्यरत चिकित्सकले बताएका छन्। कोरोना संक्रमण भएको १०-१२ दिनमा यसको संक्रमण देखिएको चिकित्सकको भनाइ छ।

ढुसीको समस्या किन भइरहेको छ ?
कोरोना संक्रमित कम्तिमा ५ प्रतिशत गम्भीर बिरामी पर्ने गरेका छन् । गम्भीर बिरामीलाई गहन उपचार आवश्यक पर्छ । यो कहिलेकाहीँ लामो समयसम्म आवश्यक पर्छ ।
विज्ञका अनुसार लामो समय भेन्टिलेटरमा राखिएका बिरामीमा विभिन्न जीवाणु र ढुसीको जोखिम सधैं हुन्छ । महामारीको बेलामा आइसीयूमा पनि भीड हुने भएकाले यस्तो जोखिम अझै बढ्ने चिकित्सक बताउँछन् ।
यसबाहेक ढुसी हुनुको कारण अरु पनि छन् । विभिन्न औषधिको प्रयोगले कमजोर बनाएको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम भएका बेला अरु रोगले पनि आक्रमण गर्छ । विशेषगरी एचआइभी एड्स संक्रमितलाई ढुसीको समस्या हुने उच्च जोखिम छ ।
लक्षण के हुन् ?
ढुसीको समस्या कोभिड १९ को लक्षणसँग मिल्दोजुल्दो छ । ज्वरोसहित खोकी लाग्नु र श्वासप्रश्वासमा समस्या हुनु यसको मुख्य लक्षण हो । अचानक नाक दुख्ने, नाकबाट सिंगान बग्ने, आँखा दुख्ने, आँखा सुन्निने समस्या देखिन्छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




