बुधबार विदेशी विनिमय दर, कुनको कति ?

-



     सफल आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ जेठ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ३४ पैसा र बिक्री दर ११६ रुपैयाँ ९४ पैसा तोकेको छ।

यस्तै यूरोपियन यूरो १ को खरिद दर १४२ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ०१ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ९७ पैसा र बिक्री दर १६५ रुपैयाँ ८२ पैसा तोकेको छ।

यसैगरी बहराइन दिनार १ को खरिद दर ३०८ रुपैयाँ ६१ पैसा र बिक्री दर ३१० रुपैयाँ २० पैसा, कुवेती दिनार १ को खरिद दर ३८६ रुपैयाँ ६९ पैसा र बिक्री दर ३८८ रुपैयाँ ६९ पैसा, युएई दिराम १ को खरिद दर ३१ रुपैयाँ ६७ पैसा र बिक्री दर ३१ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै थाई भाट १ को खरिद दर ३ रुपैयाँ ७४ पैसा, बिक्री दर ३ रुपैयाँ ७५ पैसा, कतारी रियल १ को खरिद दर ३१ रुपैयाँ ४९ पैसा र बिक्री दर ३१ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ २ पैसा र बिक्री दर ३१ रुपैयाँ ६५ पैसा तोकिएको छ।