सुनको मूल्य स्थिर, चाँदी तोलामा १० रुपैयाँ घट्यो

-



     सफल आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ जेठ। बुधबार सुनको मूल्यमा घटबढ भएको छैन।

बुधबार सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तराष्ट्रिय बजारमा भाउ घटेपनि डलर मजबुत भएकाले नेपालमा सुनको भाउ स्थिर रहेको महासंघले जनाएको छ।

सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेको छ। चाँदी आज तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।