चौधरी ग्रुपको बियर प्लान्ट र गोदाममा आगलागी

-



     सफल आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित



नवलपरासी, १९ जेठ । चौधरी ग्रुपद्वारा संचालित नवलपरासीकाे चौधरी उद्योग ग्राममा आगलागी भएको छ ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।

बुधबार बिहान लागेको आगो नियन्त्रण बाहिर गएपछि अहिले भवन भत्काउएर निभाउन थालिएको प्रहरीले जानकारी दिएको छ । तीनवटा दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

गोदामभित्र रहेकाे सबै बियर नष्ट भएकाले कराेडौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी विद्युत सर्टका कारण भएको बताइएको छ ।