
काठमाडौं, १९ जेठ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट आजसम्म १५ करोड ४४ लाख २९ हजार २०२ जना मानिस निको भएका छन् । १७ करोड १९ लाख ३९ हजार ९२५ जना संक्रमित भएका छन् भने ३५ लाख ७५ हजार ७९९ जनाको ज्यान गएको छ ।
हालसम्म २२० देश तथा उनीहरुका अधिनस्त क्षेत्रहरु कोरोना भाइरस संक्रमणको चपेटामा परेका छन् ।
अमेरीका : ससारमा सबैभन्दा बढी संयुक्त राज्य अमेरीका कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएको छ । अमेरीकामा ३ करोड ४१ लाख ३६ हजार ७३८ जना संक्रमित भएका छन् । हालसम्म ६ लाख १० हजार ४३६ जनाको मृत्यु भएको छ भने २ करोड ७९ लाख ४० हजार ९१८ जना निको भएका छन् । ५ लाख ५८ हजार ५ हजार ३८४ वटा सक्रिय केस रहेका छन् ।
भारत : भारत संसारमै दोश्रो धेरै संक्रमण भएको देश हो । अहिलेसम्म २ करोड ८३ लाख ७ हजार ८३२ जना संक्रमित भएका छन् । ३ लाख ३५ हजार ११४ जनाको मृत्यु भएको छ । २ करोड ६१ लाख ७९ हजार ८५ जना निको भएका छन् । १७ लाख ९३ हजार ६३३ वटा संक्रिय संक्रमित रहेका छन् ।
ब्राजिल : ब्राजिल संसारभर तेश्रो संक्रमण फैलिएको देश हो । ब्राजिलमा १ करोड ६६ लाख २५ हजार ५७२ जना संक्रमित भएका छन् । ४ लाख ६५ हजार ३१२ जनाको मृत्यु भएको छ । १ करोड ५० लाख ६८ हजार १४६ जना निको भएका छन् । १० लाख ९२ हजार ११४ वटा संक्रिय केस रहेका छन् ।
फ्रान्स : फ्रान्स चौथो धेरै संक्रमण फैलिएको देश हो । ५६ लाख ७७ हजार १७२ जना संक्रमित भएका छन् । १ लाख ९ हजार ६६२ जनाको मृत्यु भएको छ । ५३ लाख ५३ हजार ६३८ जना निको भएका छन् भने २ लाख १३ हजार ८७२ वटा सक्रिय केस रहेका छन् ।
टर्कि : टर्कि संसारको पाँचौ धेरै कोरोना भाइरसको संक्रमण फैलिएको देश हो । ५२ लाख ५६ हजार ५१६ जना संक्रमित भएका छन् । ४७ हजार ६५६ जनाको मृत्यु भएको छ भने ५१ लाख २४ हजार ८१ जना निको भएका छन् । टर्किमा ८४ हजार ७७९ वटा सक्रिय केस रहेका वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




