बिहीबार सुन तोलामा चार सय बढ्यो

-



     सफल आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० जेठ । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन तोलामा ४ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार सुन तोलाको ९४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यसअघि बुधबार स्थिर रहँदै सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुन र डलरको मूल्य बढेकाले नेपालमा भाउ बढेको महासंघले जनाएको छ ।

यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।