
काठमाडौं, २० जेठ । सनराइज बैंकको सुनवल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिका स्थित सुनवल अस्थाई कोभिड अस्पताललाई १ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालले नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।
बैंकको सुनवल शाखाका प्रमुख प्रकाश खनाल प्रमुख अतिथि तथा कार्यक्रमको अध्यक्षता सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले गरेका थिए । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवम् न्युनिकरणका लागि सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिकाद्वारा संचालित कोभिड अस्पताललाई उक्त सहयोग गरिएको बैंंकका सुनवल शाखा प्रबन्धकले जानकारी गराए ।
यसै गरी बैंकको लम्की शाखाले पनि लम्की चुहा नगरपालिकाको स्वास्थ्य शाखा अन्र्तगत रहेको लम्कीचुहा अस्पताल र ईलाका प्रहरी कार्यालय लम्कीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । फिल्डमा गएर काम गर्न स्वास्थकर्र्मी र प्रहरीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले बंैकले लम्कीचुहा अस्पताल र ईलाका प्रहरी कार्यालय लम्कीलाई पिपिई सेट,पन्जा, सर्जिकल मास्क, फेस सिल्ड, सेनिटाईजर लगायतका स्वाथ्य समाग्री प्रदान गराएको हो ।

बैंकको लम्की शाखा प्रबन्धक मात्रिका खड्काले लम्की चुहा अस्पतालका प्रतिनिधि महेश विष्ट र ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत शाहलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । वितरण गरिएका स्वाथ्य सामाग्रीले आफुहरुलाई फिल्डमा जान सहज हुने भन्दै सहयोगका लागि बैंकलाई लम्कीचुहा अस्पताल र ईलाका प्रहरी कार्यालय लम्कीले धन्यबाद दिएका छन् ।
सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्र र ठाउँहरुमा सहयोगहरु गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिदै जाने बैंकले जनाएको छ ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




