२९.५५ अंकले बढ्यो नेप्से, कारोबार १७ अर्ब नजिक

-



     सफल आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० जेठ । साताको शेयर कारोबार हुने अन्तिम दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचकमा देखिएको नयाँ रेकर्डसंगै कारोबार रकममा पनि बृद्धि भएको छ ।

नेप्से परिसूचक २९.५५ अंकले बढेर २८५६.६७ विन्दुमा पुगेको छ । नेप्से १.०५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.९६ अंकले बढेर ५१३.११ विन्दुमा पुगेको छ ।

कुल २१८ कम्पनीको शेयर करोबार भएको छ । ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयरको खरिदबिक्रीबाट १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँ बराबरको कारोबार भएको छ । गएको आईतबार १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४४ रुपैयाँको कारोबार भएको थियो । जो ऐतिहासिक रेकर्ड थियो ।

कुल १३ उपसमूहमध्ये ४ वटामा रातो लागेको छ । उनीहरु सबैको शेयर घटेको छ । अन्य ९ उपसमूहमा भने हरियाली छाएको छ । उनीहरु सबैको शेयर बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार व्यापार, हाइड्रोपावर, नीर्जिवन बीमा र अन्य उपसमूहहरुमा रातो लागेको छ अर्थात उनीहरुको शेयर घटेको छ ।

बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहमा हरियाली छाएकाे छ । सबैकाे शेयर बढेकाे छ ।

कारोबारको आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १ अर्ब २७ करोड बढीको कारोबार भएको छ ।