
काठमाडौं, २० जेठ । अपि पावर कम्पनीले आजबाट ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले १ बराबर ०.२९३८ को अनुपातले रुपैयाँ १०० मूल्य अंकित ५६ करोड ७० लाख रुपैयाँ बराबरको सो परिमाणको हकप्रद शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीको हकप्रद शेयरको लागि लगानीकर्ताले १०० कित्ता हुनेले २९ कित्ता हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन् । यसका लागि असार ९ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
हकप्रद शेयर निष्काशनको प्रयोजनका लागि कम्पनीले वैशाख २९ मा बुक क्लोज गरेको थियो । वैशाख २८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार भई कायम भएका शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन गर्न सक्नेछन् ।
कम्पनीको हकप्रद शेयरको लागि लगानीकर्ताहरुले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ बैंक र तोकिएका शाखाहरु इटहरी, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, जनकपुर तथा सेबोनबाट अनुमति पाएका सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवदेन दिन सकिने भएको छ ।
यसअघि कम्पनीले गएको कार्तिक १४ गते ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।
कम्पनीको हकप्रद शेयर निष्काशन भएपछि चुक्ता पूँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार १५० रुपैयाँ पुग्ने भएको छ । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




