अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने

-



     सफल आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० जेठ । अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई ७० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नेपालसहित १६ एसियाली मुलुकलाई ७० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका हुन् ।

नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, भियतनाम, थाइल्याण्ड, श्रीलंका, अफगानिस्तान, इन्डोनसिया, मलेसिया फिलिपिन्स, लाओस, पपुवा न्युगिनी, ताइवान र प्यासिफिक आइल्याण्ड गरेर १६ एसियाली मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने निर्णय भएको ह्वाइट हाउसले जनाएको छ ।

यससँगै अमेरिकाले विश्वभर २ करोड ५० लाख खोप उपलब्ध गराउने भएको छ । जुन महिनाको अन्त्यसम्म ८ करोड डोज खोप विश्वभर उपलब्ध गराउने घोषणा गरेको अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख वितरण गर्ने घोषणा गरेको हो ।