
काठमाडौं, २१ जेठ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाएर संचालनमा ल्याउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्था अनुसार स्थापना भएको राफसाफ कोषमा नगन्य रुपमा रकम जम्मा भएकोले त्यसलाई कार्यान्वयनमा ल्याउन बोर्डले निर्देशन दिएको हो ।
रकम कार्यान्वयनमा आउन नसक्दा समयमा नै लगानीकर्तालाई धितोपत्र बिक्री वापतको रकम भुक्तानी हुन सकेको छैन । बिज्ञप्तिमा लेखिएको छ, धितोपत्रको दोश्रो बजार कारोबार दिनानुदिन बृद्धि भईरहेको सन्दर्भमा यसमानिहित प्रणालीगत जोखिमलाई न्यूनिकरण गर्न आवश्यक भएको छ । धितोपत्र कारोबारलाई समयमा नै राफसाफ गराई बजारलाई व्यवस्थित र अनुशासित राख्न विद्यमान राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन आवश्यक रकम जम्मा हुने व्यवस्था अबिलम्व गर्नुपर्ने भएकोले नेप्सेलाई निर्देशन दिईएको छ ।
राफसाफ कोषमा धितोपत्र बजार, धितोपत्रको राफसाफ सेवा प्रदान गर्ने संस्था र समान रुपमा सम्पूर्ण राफसाफ सदस्यहरुको योगदान हुने गरी आर्थिक वर्ष २०७७, ०७८ भित्र रुपैयाँ ५० करोड, आर्थिक वर्ष ०७८, ०७९ भित्र रुपैयाँ ३० करोड र आर्थिक वर्ष २०७९, ८० भित्र थप रुपैया २० करोड गरी कुल १ अर्ब रकमको कार्यान्वयन योग्य कोष स्थापना र संचालन गर्नुपर्ने जनाईएको छ ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




