शुक्रबारको विनिमय दर, कुनको कति ?

-



     सफल आवाज    
     जेठ २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ जेठ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी विनिमय दर तोकेको छ ।

शुक्रबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ३६ पैसा र बिक्री दर ११६ रुपैयाँ ९६ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै यूरोपियन यूरो १ को खरिद दर १४२ रुपैयाँ १ पैसा र बिक्री दर १४२ रुपैयाँ ७४ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ १८ पैसा र बिक्री दर १६६ रुपैयाँ ३ पैसा तोकेको छ।

यसैगरी बहराइन दिनार १ को खरिद दर ३०८ रुपैयाँ ६६ पैसा र बिक्री दर ३१० रुपैयाँ २५ पैसा, कुवेती दिनार १ को खरिद दर ३८६ रुपैयाँ ८९ पैसा र बिक्री दर ३८८ रुपैयाँ ८८ पैसा, युएई दिराम १ को खरिद दर ३१ रुपैयाँ ६८ पैसा र बिक्री दर ३१ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै थाई भाट १ को खरिद दर ३ रुपैयाँ ७४ पैसा, बिक्री दर ३ रुपैयाँ ७६ पैसा, कतारी रियल १ को खरिद दर ३१ रुपैयाँ ९५ पैसा र बिक्री दर ३२ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ ३ पैसा र बिक्री दर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ ।