कोरोना खोप लगाएपछि ‘नपुंसक’ भइन्छ? सत्य के हो, अफवाह के हो?

-



     सफल आवाज    
     जेठ २१ गते २०७८ मा प्रकाशित



कोभिड-१९ को संक्रमणबाट बच्नको लागि अहिले भ्याक्सिनलाई निकै महत्वपूर्ण मानिएको छ।

कोरोनाबाट बच्न भ्याक्सिनको दुई डोज लिनैपर्छ। दुई डोजको बीचको समय अहिले बढाइएको पनि छ। भ्याक्सिनको बारेमा केही अफवाह पनि फैलाइएको छ। के सत्य हो त?

भ्याक्सिन लिएपछि नपुंसक भइन्छ?

यो गलत कुरा हो। कोरोना भ्याक्सिनले भाइरसलाई बाँझो बनाउछ मानिसलाई होइन। यस्तो हल्ला नयाँ भ्याक्सिन आउँने बेला जहिले फैलिन्छ। तर पछि यो गलत साबित हुन्छ। कोरोना भ्याक्सिनको बारेमा पनि यस्तै अनर्गल कुरा बाहिर आएका छन्। यस्तो हल्ला फिँजाउनेलाई कारवार्ही गर्नुपर्छ।

गर्भ खेर जान्छ?

अहिलेसम्म अमेरिका, बेलायत र चीनमा कोरोना भ्याक्सिन गर्भवतीलाई दिइएको छ। भारतमा भने गर्भवतीमा भ्याक्सिनको परीक्षण गर्न अनुमति दिइएको छैन। तर त्यहाँ सुत्केरीलाई भने कोरोना भ्याक्सिन लगाउन गाह्रो छैन। गर्भवतीले भ्याक्सिन लगाउनु परे चिकित्सकसँग सल्लाह गर्न विज्ञको सुझाव छ।

भ्याक्सिन लिएपछि पनि संक्रमण हुन्छ?

कसैकसैलाई कोभिडको लक्षण १४ दिनपछि मात्रै देखिन्छ। यस्तो अवस्थामा भ्याक्सिन लगाउनु अघि नै संक्रमण भएको व्यक्तिलाई कोरोना हुन पनि सक्छ किनभने भ्याक्सिन लगाएपछि एन्टीबडी तयार हुन समय लाग्छ।

भ्याक्सिन लिएपछि पनि संक्रमण हुने जोखिम कायमै रहन्छ। तर संक्रमण भइहाले पनि शरीरलाई भाइरसविरुद्ध प्रभावकारी ढंगले अघि बढ्न मद्दत गर्छ। यो केही हदसम्म आफ्नो-आफ्नो शारीरिक अवस्थामा भर पर्छ।

भ्याक्सिन लगाउन गएको बेलामै पनि कोरोना सरेको हुनसक्छ। तर भ्याक्सिन लगाएपछि प्रतिरोधी क्षमता बढ्छ। कोरोना खोप नलगाएको व्यक्तिको तुलनामा खोप लगाएको व्यक्तिमा संक्रमण कम घातक हुन्छ।

भ्याक्सिन लगाएपछि माछामासु खान मिल्छ?

भ्याक्सिन लगाएपछि यो खान मिल्छ त्यो खान मिल्दैन भन्ने हुँदैन। सामान्य अवस्थामा जस्तै आपूmलाई रुची भएको खानेकुरा खान सकिन्छ। माछामासु खान मिल्छ र भन्ने प्रश्नमा चिकित्सकले भ्याक्सिन लगाएपछि पार्टी पनि गर्न मिल्ने बताएका छन्। यसको मतलभ पार्टी नै गर्ने होइन जे पनि खान मिल्ने उनीहरुको भनाइ छ।

युवा र बच्चालाई कोभिड भ्याक्सिन आवश्यक छ?

भ्याक्सिन जो कोहीलाई आवश्यक छ। कसैलाई दिने र कसैलाई नदिने गर्नुहुन्न। यसो गर्दा भाइरस संक्रमणको खतरा कायम रहन्छ।

महिनावारीको समयमा भ्याक्सिन लिन मिल्छ?

महिनावारीमा भ्याक्सिनको असर केही पर्दैन। त्यही भएर मज्जाले लिन सकिन्छ।

कोभिड भइसकेपछि भ्याक्सिन लगाउन आवश्यक छ?

कोभिड निको भएपछि बन्ने एन्टीबडी केही महिनाको लागि मात्रै रहन्छ। त्यही भएर भ्याक्सिन त लगाउनै पर्छ। तर संक्रमण भएको दुई तीन महिनापछि मात्रै लगाए पनि हुन्छ। कोभिड निको भएको कति दिनपछि भ्याक्सिन लिने भन्नेबारे आफूले उपचार गराएको चिकित्सकसँग सल्लाह लिन सकिन्छ।

भ्याक्सिनपछि मास्क वा सामाजिक दुरी पालना गर्नु जरुरी छ?

भ्याक्सिन लिएपछि पनि कोरोना संक्रमणबाट बच्न आवश्यक छ। यसको लागि मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने लगायत स्वास्थ्य मापदण्ड पालना अनिवार्य गर्नुपर्छ।

एजेन्सीको सहयोगमा