
काठमाडौं, २० जेठ । कोका–कोला फाउन्डेसनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ ।
यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणमध्ये एक हो । यो रकम कोका–कोला फाउन्डेसनले रेडक्रस सोसाइटीलाई भ्याक्सिनेसन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको हो ।
यो दुवै सडक र हवाईद्वारा परिवहन योग्य छ र यसलाई चाँडै स्थापना गर्न सकिन्छ । यी युनिट नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्या पनि पैदा नहुने बताइएको छ ।
प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डरसम्म केटर गर्न सक्छ र यसबाट जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ ।
फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले क्रियसन र यसका कन्सोर्टियम पार्टनरको साथमा १० वटा युनिटहरुको माग गरिसकेको छ ।
फाउन्डेसनका प्रेसिडेन्ट र अक्ष्यक्ष बीए पेरेजले भनेका छन, नेपालमा कोभिड–१९ का बिरामीको लागि थप अक्सिजनको उपलब्धता सिजर्ना गर्ने क्रियसनकाे प्रयासलाई समर्थन गर्दछौं । यसमा हाम्रो स्रोत प्रयोग गर्न पाउँदा निकै गर्व महसुस गरेका छौं ।
अक्सिजन उत्पादन गर्ने युनिटले २० हजारभन्दा बढी मानिसहरुलाई लाइफ सेभिङ अक्सिजनको सप्लाईले ठूलो फाइदा हुने उनले बताए । उनले १८ हजारभन्दा बढी अस्पतालको बेडहरुले एक वर्षसम्म नियमित अक्सिजनको सप्लाई पाउनेछन् र ५ हजारभन्दा बढी अक्सिजन सिलिन्डर रिफिल गरेर खाँचोमा परेका बिरामीलाई दिइनेछ ।
स्वास्थ्य र जनसंख्या मन्त्रालयको समर्थनमा सरकारी अस्पतालमा यो प्लान्टको स्थापना हुनेछ ।
क्रियसनका फाउन्डर र प्रेसिडेन्ट आनन्द मिश्राले भने, ‘अन्य प्लेटफर्मसँगको सहकार्यमा क्रियसनले शुरु गरेको अक्सिजन फर नेपाल नेपालमा कोभिड–१९ विरुद्ध सबैभन्दा ठूलो गैर–सरकारी ह्युमानिटेरियन रेस्पन्स हो । हामीले यस महामारीको लागि आर्थिक संकलन गरेर र आवश्यक चिकित्सा वस्तुहरुको माध्यमबाट निरन्तर जवाफ दिइरहेका छौं ।’








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




