आइतबार सुन तोलामा ७ सय रुपैयाँ बढ्यो

-



     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ जेठ। हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ।

आइतबार सुन तोलामा ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार सुन तोलाको ९४ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि शुक्रबार एकैदिन सुन तोलामा १५ सय रुपैयाँ घटेर तोलाको ९३ हजार ४ सय रुपैयाँमा झरेको थियो।

अन्तराष्ट्रिय बजारमा नै मूल्य बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ।

यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १३ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।